arrow

तेत्तीस वर्षीया महिलाको कोरोनाबाट गयो ज्यान 

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
corona-killed-final.jpg

भरतपुर । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला हुन् । 

भरतपुर अस्पतालमा उपचाररत उनको बिहीबार बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी थिइन् । 

उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू) मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ