arrow

मिडफिल्डर राजु तामाङ सर्वोत्कृष्ठ खेलाडी, २५ लाख थापे, प्रत्येक खेलाडीलाई १०–१० लाख

logo
प्रकाशित २०७३ जेठ १८ मंगलबार
Raju-tamang-new.jpg.jpeg
काठमाडौं । नेपाली फुटबल टिमका मिडफिल्डर राजु तामाङ वर्षको सर्वोकृष्ट फुटबल खेलाडी घोषित भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा आयोजना गरेको समाारोहमा तामाङलाई वर्षको सर्वोकृष्ट खेलाडी घोषित भए । तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले २५ लाखको चेक हस्तान्त्रण गरे । राजुको खेलाडीले पाउने १० लाख समेत सुरक्षित रहयो । 
 
एन्फा महासचिव धिरेन्द्र प्रधानले यसअघि वर्षको सर्वोकृत खेलाडीलाई अपार्टमेन्ट दिने गरेकामा भूकम्पपछि जोखिमको चर्चा भएसंगै यसवर्ष तामाङलाई रुपैंया दिएको बताए ।  यसअघि एन्फाले राकेश श्रेष्ठ, सागर थापा र रितेश थापालाई अपार्टमेन्ट दिने घोषणा गरेकामा अहिले सम्म पाएका छैनन् । सागर र रितेश खेल मिनेमतोमा परेपछि समेत त्यसबारे एन्फाले चाँसो नदिएको बताइन्छ । 
 
रितेश, सागर अघि उपेन्द्रमान सिंह र हरि खड्काले कार पुरस्कार पाएका थिए । यस्तै, एन्फाले आफुले बंगबन्धु गोल्डकप फाइनल जित्दा र १२ औं सागमा स्वर्ण जित्दा घोषणा गरको पुरस्कार समेत वितरण गरेको छ । बंगबन्धुको ५, सागको ५ लाख गरी प्रत्येक पुरुष फुटबल खेलाडीले १०–१० लाख पाएका छन् । यस्तै, सागको उपविजेता महिला फुटबल टोलीका सदस्यले जनही १–१ लाख पाएका छन् । वर्षको सर्वोत्कृष्ठ खेलाडी स्टार स्ट्राइकर नवयुग श्रेष्ठले पाउने धेरैको अड्कल थियो । यद्यपि, राजुले सर्वोत्कृष्ठको पुरस्कार पाएका छन् । राजु त्रिभुवन आर्मी क्लवबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । 
 
भारतको गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा महिला फुटबल टोली फाइनलमा भारतसंग हार्दा पुरुष फुटबलटोलीले भारतलाई नै उसैको मैदानमा हराएर स्वर्ण चुम्दै इतिहास रचेको थियो । यस, अघि नेपाली टोलीले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि उचाल्दै २३ वर्षे उपाधि खडेरी तोडेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ