arrow

मन्त्री कार्की र निजी सचिवमा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
hikmat-karki-edited.jpg

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई  कारोना संक्रमण भएको छ ।  मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा शुक्रबार कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए ।
    
मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए । उन अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन्।  मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।  उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन् ।
    
यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।  उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन् । उनको स्वास्थ्यावस्था पनि सामान्य  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ