arrow

धनकुटा कांग्रेस नेता आङ्लाको निधन

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
angla.PNG

धनकुटा । नेपाली कांग्रेस धनकुटाका नेता तथा क्षेत्रिय प्रतिनिधि टाक वहादुर आङ्लाको  निधन भएको छ ।   धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ९ निवासी आङ्ला लामो समय देखी मधुमेहबाट पिडित थिए । 

नेपाली कांग्रेस धनकुटाले शुक्रबार शोक विज्ञप्ती जारी गरी आङ्लाको  निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त  गरेको छ ।

आङ्ला नेपाली कांग्रेस धनकुटाका सच्चा इमानदार कर्तव्य निष्ठ निडर साहसिक नेता र एक कुशुल संगठनकर्ता थिए । उनको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईद्धारा जारी  शोक विज्ञप्तीमा उल्लेख छ ।
  
गत महिनाको अविरल बर्षका कारण उनको घर भत्किएर उनको सात बर्षीय नातीनीको समेत निधन भएको थियो ।   आङ्ला द्धन्द्ध पीडित तथा पहिरो पीडित समेत थिए ।  निधन भएका नेता आङ्लाको श्रीमती ,एक छोरा एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ