arrow

थप साढे चार हजारमा कोरोना संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप चार हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।  देशभर कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ पुगेको छ । सो अवधिमा कोभिडबाट मर्नेको सङ्ख्या १८ छ । हालसम्म कोरोना पुष्टि भएर मर्ने ८२९ जना पुगेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेबसाइट र सामाजिक सञ्जालमा राखेको विवरणमा जनाइएको छ ।

सो अवधिमा देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा एक हजार ६९० महिला र दुई हजार ८०९ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म ४६ हजार ६९१ सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये ३१ हजार ७२७ जना ‘होम आइसोलेशन’मा तथा २९० जनाको सघन उपचार कक्ष र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी हालसम्म एक लाख पाँच हजार ४८८ जना सङ्क्रमणमुक्त भएका छन् ।  
य    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ