arrow

कांग्रेस बिशेष समितिको फ्ल्यागशीप कार्यक्रम ‘गरिखाने अभियान’ चाँडै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
congress-special-comittee-b.gif

काठमाडौं। नेपाली कांग्रेस, लगानी, पूर्वाधर र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति स्थापनाको ५ महिना पुरा भएको छ । यो अवधिमा समितिले लगानी, पूर्वाधार र रोजगारका क्षेत्रमा काम गर्न पार्टीबाट प्राप्त म्याण्डेटको अधिनमा रहेर आफ्नो भावी मार्गचित्र (रोडम्याप) तयार गरिसकेको समितिले जनाएको छ ।

समितिले फ्ल्यागशीप कार्यक्रमको रुपमा अघि बढाउन लागेको ‘गरिखाने अभियान’ सञ्चालनका लागि अधिकांश पूर्व तयारी सम्पन्न भएको बताएको छ । गरिखाने अभियानमा सहभागी हुन इच्छुकहरुको तथ्यांक संकलन, परियोजना पाइपलाइन विकास, तालिम तथा अभिमुखीकरण, वित्तिय पहुँच, उद्यम सञ्चालनसम्बन्धि परामर्श र बजार पहुँचजस्ता सम्पूर्ण इकोसिस्टम विकास गर्ने अवधारणा अनुसार समिति क्रियाशील रहेको छ ।

कोभिड–१९ को जटिल परिस्थितिका बाबजूद यस समितिका पदाधिकारी, सदस्य, साझेदार संस्थाहरु, विज्ञ र विशेषज्ञहरुले अत्यन्त सकृयतापूर्वक यस अभियानलाई कार्यान्वयनको तहसम्म ल्याइपुर्‍याउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको समितिले जनाएको छ ।

कोभिड–१९ ले आर्थिक क्रियाकलापहरु शिथिल भइरहेको, बेरोजगारी बढीरहेको सन्दर्भमा रोजगारी सिर्जना र उत्पादन विकासमा यो अभियान निकै प्रभावकारी हुने समितिको अपेक्षा छ । गरिखाने अभियान उद्यमशील र रोजगारी बन्न चाहने हरेक युवाको अभियान हो। राष्ट्रिय हितको यो अभियान तथा समितिका कामकारबाहीका सम्बन्धमा जानकारी गराउन समितिले नियमित रुपमा बुलेटीन प्रकाशन शुरु गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ