arrow

कांग्रेसको कपिलवस्तु जिल्ला कार्यसमिति घोषणा  

logo
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
congress-bp-kapilvastu.JPG

तौलिहवा । नेपाली कांग्रेस (वी पी) कपिलवस्तु जिल्ला कार्यसमितिको घोषणा गरिएको छ । जिल्ला कार्यसमितिको सभापतिमा गोपाल पोख्रेल, उप(सभापतिमा भोजराज आचार्य र भरत मल्ल, सचिवमा इश्वरी खनाल, सहसचिवमा नन्द राज राना, कोषाध्यक्ष अनिल आचार्य र सदस्यहरुमा अनुप श्रेष्ठ, देवीप्रसाद पाण्डेय, गणेश पौडेल, डिलाराम गैरे, ऋतु आचार्य, विणा पोख्रेल, सीता खनाल पोख्रेल, इश्वरी पौडेल, कृष्ण प्रसाद घिमिरे, दिन दयाल उपाध्याय, पिताम्बर हर्जि, लिलाधर खनाल, झविलाल भट्टराई, नाथु थारु र कुशल खनाल रहेका छन् । 

घोषणा सभामा पार्टीका महामन्त्री पुष्पराज पराजुली, केन्द्रिय सदस्यहरु दिपक कार्की, जगन्नाथ घिमिरे र सुरज राज आचार्यका साथै पूर्व जिल्ला सभापतिहरुको उपस्थिति रहेको थियो । 

घोषणा सभामा बोल्दै महामन्त्री पराजुलीले अंगीकृत नागरिकता छानबिन आयोग बनाउनु पर्ने तथा सरकारले राष्ट्रवादको नाममा संविधान सम्सोधन मार्फत लिम्पियाधुरा सम्मको नक्सा निसान छापमा समेटिएको भए पनि अहिले नेपालको क्षेत्रफल र नक्सा यकिन नभएको भन्दै सरकारले राष्ट्रघातको सुरुवात गरेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका थिए ।

घोषणा सभामा बोल्ने वक्ताहरुले नेपाली कांग्रेस (वी पी) नै अबको वैकल्पिक प्रजातान्त्रिक पार्टी रहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ