arrow

सुरक्षा निकायका प्रमुखले मातहतका सुरक्षाकर्मीलाई टिका नलगाउने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
dashain.jpg

काठमाडौं । कोरोना संक्रमणका कारण तीन वटै सुरक्षा निकायमा प्रमुखले यस वर्ष मातहतका सुरक्षाकर्मीलाई दशैको टिका नलगाउने भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुले मातहतका सुरक्षाकर्मीहरुलाई दशैंको टिका नलगाउने भएका हुन् । कोरोना संक्रमणको कारण प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजिपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका आईजिपी शैलेन्द्र खनालले टिका कार्यक्रम स्थगित गरेको भन्दै मातहत निकायलाई सर्कुलर गरेका छन् । दसैंमा तीनवटै सुरक्षा प्रमुखले सरकारी निवासमा मातहतका सुरक्षाकर्मीलाई टीका लगाउने परम्परा रहेको छ ।

‘संगठन प्रमुखले मातहतलाई टीका लगाउने कार्यक्रम यस वर्ष छैन’ सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) राजु अर्यालले भने । उनका अनुसार संगठन प्रमुखले बाहिर भन्दा भित्रै परिवारसँग दशै मनाउन सबैलाई अनुरोध गरेका छन् । व्यारेकमा पनि सामूहिक टिका नगर्न निर्देशन गरिएको छ । 

प्रधान सेनापतिले अघिल्लो दशैंमा ललितपुरस्थित सरकारी निवासमा टीका थाप्न आउनेलाई नलगाउने जनाएका छन् । स्वास्थ्य सुरक्षा प्रोटोकलका कारण टीका लगाउने कार्यक्रम नराखिएको सैनिक जनसम्पर्क निर्दैशनालयका प्रमुख एवं प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार टिका लगाउने कुरा व्यक्तिगत भएकाले यसवर्ष टिका लगाउने कार्यक्रम तय भएको छैन ।

नेपाल प्रहरीका महानिरीक्षकले शैलेश थापाले यसवर्ष मातहत निकायमा कार्यरत अधिकृत जवानलाई टिका लगाउने कार्यक्रम नबनाएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । उनका अनुसार कोरोना संक्रमण बढ्दै गएकाले सकेसम्म दुरी कायम गरेर दशै मनाउने गरी सर्कुलर गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ