arrow

दश दिनको अस्पताल बसाइपछि घर फर्किए कमल थापा

logo
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
kamal-thapa-rpp-tucon.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापा आइतबार चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि  उनी आइतबार घर फर्किएका हुन् । 

 गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि  परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।  उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको  थियो । 

डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक र  व्यवस्थापन समिति, कर्मचारी तथा आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह, सद्भाव र शुभकामना दिने सबैमा  कृतज्ञता प्रकट गर्दै  धन्यवाद व्यक्त गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
 
 थापाको उपचारमा  अस्पतालका मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्टयान्ट फिजिसियन डा विश्वनाथ कोइराला, सिनियर कनसल्टयान्ट पन्मनोलोजिष्ट डा सुबोध ढकाल, कन्सल्टयान्ट इन्टेन्सिभिष्ट डा प्रमेशसुन्दर श्रेष्ठ, डा विपीन कार्कीलगायतको टोली संलग्न  थियो ।  

दश दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने जनाइएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ