arrow

सुस्तामा हनुमान मन्दिरका ७५ वर्षीय पुजारी केवटको हत्या 

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ कार्तिक १० सोमबार
preist-pujari-killed-hatya.jpg

नवलपरासी । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारीको आइतबार हत्या गरिएको छ । धारिलो हतियार प्रयोग गरि ७५ बर्षिय पुजारी महगु केवटको हत्या गरिएको पाइएको हो । पुजारी सोही गाउँ बस्दै आएका थिए । 

पुजारीको घरेलु हतियार हसियाले प्रहार गरि हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । मन्दिरदेखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको एकान्त खाली ठाउँमा पुजारी केवट मृत अवस्थामा फेला परेका थिए ।

एक स्थानीयले टयाक्टर लिई खेत जोत्न गएको बेला पुजारी मृत अवस्थामा देखी स्थानीय प्रहरीलाई खबर गरेका थिए । पुजारीको के कारण हत्या भएको र हत्याराको पछाडीको कस्को संलग्नता रहेको छ भनेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

केहि हप्ताअघी रौतहटमा एक हनुमान मन्दिरका पुजारीको हत्या भएको थियो। सो हत्याको भरपर्दो अनुसन्धान नभइ हत्याराले उन्मुक्ती पाएको आरोप लागिरहेकै बेला नवलपरासीमा अर्का पुजारीको हत्या भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ