arrow

प्रदेश १ मा ५५६ सङ्क्रमित थप

logo
रासस,
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
pradesh11.jpg

विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन्। सोही अवधिमा मंगलबार ४३ सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थानबाट ७२० जना उपचार भएर घर फर्किएका थिए।

आज सङक्रमित हुनेमा  मोरङमा २४२ मध्ये विराटनगरमा १७१, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा छ, धनकुटामा पाँच, सङ्खुवासभामा चार, खोटाङ र तेह्रथुममा तीनतीन र प्रदेश  बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २५० पुगेको छ भने अहिलेसम्ममा १० हजार १३८ जना निको भएर घर फर्किएका छन्। आजै मात्र यसप्रदेशमा ६९५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।पछिल्लो समयमा यसप्रदेशमा एक हजार २६१ जना सहित अहिलेसम्ममा कूल एक लाख ५६ हजार ५४६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ