arrow

गणेश थापा प्रकरणपछि एन्फाको विवाद चरम उत्कर्षमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
632412899.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष गणेश थापा फिफाको कारबाहीमा परेपछि नेपाली फुटबलमा झन् खैलाबैला मच्चिएको छ । यसअघि, खेलाडीको म्याच फिक्सिङ्ग प्रकरणले बद्नामित भएको नेपाली फुटबलको विवाद फेरि चरम उत्कर्षमा पुगेको छ ।  
 
भ्रष्टाचारी हठर थापालई १० वर्ष खेल गतिविधिमा प्रतिबन्धित लागेपछि उनकै डिजाइनमा मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई एन्फाको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको भन्दै असन्तुष्ट एन्फा पदाधिकारीहरु मतभेदमा उत्रिएका छन् । 
 
नेतृत्वको कार्यशैलीप्रति विरोध जनाउँदै आएका उनीहरु थापा प्रकरणपछि झन् आजित भएका छन् । विहिबार राजधानीमा पत्रकार सम्मेलन गरी एन्फा उपाध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतका पदाधिकारीहरुले मनोमानी रुपमा गरेको निर्णय आफुहरुलाई मान्य नहुने प्रस्ट्याए । 
 
असन्तुष्टहरुले एन्फा विधानमा उल्लेखित व्यवस्था अनुरुप वैधानिक कार्यसमितिको बैठक डाकेर कार्यबाहकको जिम्मेवारी दिनु पर्ने र विशेष साधारणसभा बोलाएर नयाँ नेतृत्व छनोट गर्नुपर्ने माग गरे । े
 
एन्फा पूर्व वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि रिक्त स्थानमा नरेन्द्र श्रेष्ठ मनोनित उपाध्यक्ष बनेका थिए । श्रेष्ठलाई एन्फाको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएपछि साधारणसभाबाट निर्वाचित उपाध्यक्ष तथा केही सदस्यहरुले विरोध गरेका हुन् । 
 
विश्व फुटबल महांघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले आफ्नो आधिकारिक वेभसाइटमा नरेन्द्र श्रेष्ठलाई एन्फाको कार्यबाहक अध्यक्षको मान्यता दिइसकेको छ । एन्फाको संस्थापन पक्ष समेत अध्यक्ष कारबाहीमा परेपछि विधानले गरेको व्यवस्था अनुसार स्वतः वरिष्ठ उपाध्यक्ष कार्यबाहक अध्यक्ष हुने भएकोले यसका लागि कार्यसमितिको बैठक बस्नु नपर्ने जिकिर गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ