arrow

डडेल्धुरामा आईसियू नहुँदा रिफर गर्न वाध्य  

logo
टेकराज अवस्थी,
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
dadeldhura-ambulance-icu.jpg

डडेल्धुरा। डडेल्धुरा अस्पतालमा आईसियू सेवा नहुँदा कोरोना संक्रमित बिरामी समस्यामा परेका छन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुको केन्द्र रहेको डडेल्धुरा जिल्लामा कोरोनाको जोखिम बढेसँगै गम्भीर समस्या भएका संक्रमित बिरामीको थप उपचारका लागि आईसियू सेवा खड्किएको छ । जिल्लाका अस्पतालमा आइसियू नभए पछि प्रादेशिक अस्पताल धनगढी पठाउनु पर्ने बाध्यता रहेको छ ।

अस्पतालमा कोरोना उपचार र व्यवस्थापनका लागि स्वास्थ्यकर्मी बिशेष टोली नभएपछि समाजसेवीले आफै एम्बुलेन्समा राखेर पठाउनुपर्ने बाध्यता रहेको छ भने आईसियू नहँदा बिरामीको ज्यान पनि जोखिममा परेको छ । लगभग चार महिनामा २० हजार ३८९ जनाको कोरोना परिक्षण गरेको कोभिड ल्याब डडेल्धुराबाट एक हजार दुई सय ६६ पोजेटिभ देखिएका छन् भने डडेल्धुरामा मात्रै ४०० जना संक्रमित मध्ये डडेल्धुरा अस्पतालले दुई जना संबेदनशिल अवस्थाका कोरोना संक्रमित बिरामीलाई थप उपचारका लागि रिफर गरिसकेको छ । 

संघिय सरकारले डडेल्धुरा अस्पताललाई आईसियू भेन्टिलेटरका लागि छुट्याएको भनिएको तीन करोड बजेटको टेण्डर भईसकेपनि उपकरण आउन र स्थापना हुन महिनादिन जति समय लाग्ने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए । संघिय सरकार मातहत रहेको ६ मध्येको एक रेफरल र सुबिधासम्पन्न भनिने डडेल्धुरा अस्पतालमा अहिले आईसियू मात्र नभई भेन्टिलेटर पनि छैन । संक्रमितहरुलाई उपचार र व्यवस्थापन गर्न समस्या भएपछि डडेल्धुरामा कोरोना सन्त्रास बढेको छ ।

लकडाउनका बेला व्यक्तिगत रुपमा राहत बाँडने, भारतबाट घर फर्केका नागरिकलाई उद्धार र सहयोग गर्नेदेखि कोभिड १९ को उच्च जोखिममा पनि अग्रमोर्चामा रहेर खटिएका समाजसेवी प्रकाश बहादुर साउँदले होम आईसोलेसनमा रहेका बिरामीलाई अस्पताल ल्याउने र लैजाने तथा रिफर कार्यमा समेत सक्रिय रहेका छन । साहसिक व्यक्तित्व साउँद संक्रमित सर्बसाधारणदेखि बिरामी सरकारी कर्मचारीसम्मलाई पीपीई लगाएर एम्बुलेन्स तथा सरकारी गाडीसम्म आफै चलाएर सेवा पुर्‍याईरहेका छन् । तर सुदूरपश्चिमको रेफरल अस्पताल भनिएको डडेल्धुरा अस्पताल डडेल्धुरामा एउटा आईसियूसम्म नहुनु बिडम्बनाको विषय भन्दै साउँदसँगै सिंगो डडेल्धुराबासी निरास भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ