arrow

चाडबाड खर्च कोरोना कोषमा

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
dashain.jpg

प्युठान । प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

 गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर चाडबाड खर्च गाउँपालिका कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

पालिकाभित्रका २९ जना जनप्रतिनिधिले पाउने रु दुई लाख ६२ हजार गाउँपालिका कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता गिरीराज पौडेलले बताए । 

कोरोना संक्रमण बढीरहेको अवस्थामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम जम्मा गरिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ