arrow

बाघको आक्रमणबाट बच्न दिगो उपाय खोजिँदै

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
tigers.jpg.jpeg

बाँके । मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न स्थानीय प्रशासन र जनप्रतिनिधि अग्रसर भएका छन् । 

बर्दियाको मधुवन नगरपालिका ३, भग्रैया क्षेत्रमा बाघले मान्छे मारेर हैरान गरेपछि मानव र वन्यजन्तु दुवैको संरक्षणमा चासो बढेको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बुधबार भएको सर्वपक्षीय बैठकमा यस विषयमा गम्भीर छलफल भएको छ । 

सो नगरका प्रमुख गणेशबहादुर क्षेत्रीले नरभक्षी बाघलाई तत्काल नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वनलाई आग्रह गर्दै आउनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बाघलाई छिट्टै नियन्त्रणमा लिने योजना रहेको जानकारी दिनुभयो ।

भग्रैयामा बुधबार बाघको आक्रमणमा परी २७ वर्षीय दिनेश थारू र २६ वर्षीय रमेश चौधरीको ज्यान गएको सहायक प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

 गत दुई वर्षमा यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । यही कात्तिक ५ गते स्थानीय गङ्गा बुढालाई दशगजा नजिकै  जङ्गलमा घाँस काट्न जाँदा पाटे बाघले आक्रमण गरी मृत बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ