arrow

कोरोना भाइरसः रुपन्देहीमा मृत्यु हुनेको संख्या ७१ पुग्यो, ६ हजार बढी संक्रमित

logo
नारायण वली, 
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
corona-killed-final.jpg

बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या हालसम्म ६ हजार नाघेको छ । बिहीबार थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ६ हजार २३ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत गुप्ताका अनुसार बिहीबार बुटवल उप–महानगरपालिकामा २१, सिद्धार्थनगर नगरपालिकामा १२, तिलोत्तमा नगरपालिकामा ३२, देवदह नगरपालिकामा ६, सैनामैना नगरपालिकामा २, शुद्धोधन, ओमसतिया र कञ्चन गाउँपालिकामा १–१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । 

कोरोना पुष्टि हुनेमा २९ जना महिला र ४७ जना पुरुष रहेका छन् । जिल्लामा हालसम्म ३ हजार ८ सय ९७ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । 

२ हजार ५५ जना कोरोना संक्रमित उपचाररत अवस्थामा रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल सम्म ७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ