arrow

काम गर्न बोलाएर जनप्रतिनिधिले गरे करणी, देखेपछि फुकालेको कपडा समेत भागे छाडेर

logo
किरण न्यौपाने,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
ratuwamai-nagarpalika.PNG

रंगेली । मोरङ्गको रतुवामाई नगरपालिकामा जनप्रतिनिधिबाटै एक महिला बलात्कृत भएकी छिन् । देशमा कडा कानुनको मागसंगै बलत्कार घटनाको चौतर्फी विरोध भइरहेकै अवस्थामा जनप्रतिनिधिबाटै महिला बलत्कार घटना सार्वजनिक भएको हो ।

प्रहरीले पिडितको उजुरीपछि रतुवामाई नगरपालिका वार्ड नं.३ बस्ने ३५ वर्षिय विनोद कुमार सिंहलाई जवरजस्ती करणीको आरोपमा पक्राउ गरि नियन्त्रणमा लिएको छ । पक्राउ परेको सिंह रतुवामाई नगरपालिका वडा नं.३ का वडासदस्य हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी नायव उपरिक्षक मान बहादुर राईले महिलालाई खेतमा काम गर्न बोलाएर करणी गरेको प्रारम्भीक रुपमा देखिएको बताए । उनले भने,' घटनाको अनुसन्धान भइरहेको छ । हामीले आरोपीतलाई नियन्त्रमा लिएर जवरजस्ती करणी अभियोगमा मुद्दा अघि बढाएका छौ ।' 

 कार्तिक ९ गते रतुवामाई नगरपालिका ३ की ३० वर्षिय सुकुम्बासी महिलालाई साढे ७ बजेको समयमा जवरजस्ती करणी गरेको अवस्थामा स्थानीयले देखेपछि जनप्रतिनिधि सिंहले आफ्नो फुकालेर राखेको कपडा समेत छाडेर भागेका थिए ।

सिजुवा प्रहरीले घटना स्थलबाट सिंहको सो कपडा समेत नियन्त्रणमा लिएको छ । घटना लगतै इलाका  प्रहरी कार्यालय सिजुवाले सिंहलाई चौकीघाटबाट नियन्त्रणमा लिएको थियो । सिंह हाल सिजुवा प्रहरीको नियन्त्रणमा रहेकाछन् । पछिल्लो समय रतुवामाई नगर क्षेत्र मा बलत्कारको घटना समेत बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ