arrow

कांग्रेस सहकार्यबिनाको वार्ता अर्थहिन : मोर्चा नेताहरु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
664386992.jpeg
गौशाला । संघीय लोकतान्त्रिक मोर्चाका नेता एवं मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलन अलग राष्ट्रका लागि नभएको बताएका छन् ।  
 
महोत्तरीको जलेश्वरमा पत्रकारसँग नेता यादवले मोर्चा विखण्डनवादी नभएको तथा सच्चा राष्ट्रवादीको परिचय दिँदै देशको सार्वभौमसत्ता र अखण्डताभित्र रहेर स्वायत्त मधेस प्रदेशका लागि लडिरहेको प्रस्ट्याए ।  अर्थपूर्ण वार्ताका लागि कांग्रेसलाई सत्ताधारीले साथमा ल्याउनै पर्नेमा जोड दिए । 
 
यादवले सरकार मधेसको आन्दोलनप्रति गम्भीर नरहेको बताउँदै मधेसी जनतालाई थकाउने, गलाउने र आन्दोलन मत्थर पार्न खोजेको आरोप लगाए ।  मोर्चा घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सरकारले नेपाली काँग्रेसको सहमति र सहकार्यबिना गर्न खोजेको वार्ताको कुनै अर्थ नहुने बताए । 
 
उनले मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि दुई तिहाईको आवश्यकता पर्ने भएकाले सार्थक वार्ताका लागि सरकारले काँग्रेसलाई साथमा लिनुने आवश्यकता औंल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ