arrow

डाेटीमा भिरबाट लडेर शारदा कठायतको मृत्यु 

logo
प्रकाश बम,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
death-woman-doti.jpg

डाेटी । डोटीको दिपायल सिलगढी नगरपालिका -७ पाँकरीमा भिरबाट लडेर एक महिलाकाे मृत्यु भएको छ । स्थानिय छत्र भण्डारीकी २८ बर्षिय श्रीमती शारदा कठायत भण्डारीकाे बाख्रा चराउने क्रममा भिरबाट खसेर मृत्यु भएको स्थानिय विर वहादुर बिष्टले हाम्राकुरालाई जानकारी दिए। 

शुक्रबार गाउँ नजिक रहेकाे नाउटेपानी भन्ने स्थानमा शारदा बाख्रा चराउन गएकी थिईन् ।  साेहि क्रममा घाँस काट्दै गर्दा उनी भिरबाट खसेर उनकाे मृत भएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

बन गएकाे बाख्रा घर फर्किएकाे तर चराउन गएकी शारदा घर नआएपछि उनकाे खाेजी भएकाे थियो । खाेज्दै जाने क्रममा उनी मृत फेला परेकी थिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ