arrow

आइतबार बिहानै पोखरामा थपिए कोरोनाका ३८ संक्रमित, यस्तो छ तथ्याङ्क 

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
pokhara-city.jpg

पोखरा । आइतबार बिहानै पोखरामा कोरोना भाइरसका ३८ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ७ः१५ र ७ः०० बजे दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा मात्रै ३८ जना संक्रमित थपिएका हुन् । 

साथै गण्डकी प्रदेशमा आइतबार मात्रै ५३ जना संक्रमित थपिए । जसमा बाग्लुङका तीन, गोरखाका पाँच, लमजुङका दुई, नवलपरासी पूर्वका दुई, स्याङ्जामा एक र तनहूँमा ११ जना रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ७ हजार ३७८ जना पुगेका छन् । कूल मृत्यु हुने ७८ जना पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ