arrow

उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा कांग्रेस नेताको निधन

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेस नेता मेदनी महतो धानुक (मदन मण्डल) को निधन भएको छ । बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका–५ निवासी धानुकको उपचारका लागि आइतबार काठमाडौं ल्याइँदै गर्दा बाटामै निधन भएको हो ।
 
कांग्रेस महासमिति सदस्य एवं तरुण विभाग सदस्य रहेका धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। 

साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को निधनप्रति दुःख व्यक्त गरेका छन् । 

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।


कांग्रेसले उनको निधनबाट एक होनहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ