arrow

जीवनको रहस्य

logo
अमित संग्रौला,
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
amit-shangraula.jpg

निरन्तर बगिरहेको छ
माईखोला अनवरत रूपमा
युगौंदेखि अहिलेसम्म
उत्तरदेखि चिसो बतास
आइरहेको छ मुटुलाई छुने गरि
तिमी यसरीनै बगिरहनु
कहिल्यै नथाक्नु
हिडिरहनु सत्यमा ।

जीवन के हो?
मरण के हो ?
आज म यहीँ माटोलाई छोएर
कसम खाँदैछु र भनिरहेको छु
मान्छे मरेपछि उसको
अहंकार कहाँ जान्छ ?

भन माई भगवती
तिम्रो आराधना हुन्छ
तिम्रै पुजा हुन्छ
यहीँबाट
एकदिन मरेर जान्छ मानिस
थाहा हुँदाहुँदै
मान्छेको अहंकार पनि
तिमी लिएर जान्छौं
आज मलाई जवाफ देउ ।

माईखोलाको किनारै - किनारै हिड्छु
बैराग्य हुन्छु जीवनको सत्यमा बिरक्तिन्छु म
मान्छेको चेतना कहाँ गएर बिर्सजन हुन्छ
आज म माईखोलाको श्मसानघाट
हेरिरहेकोछु मान्छेको लोभ ईर्ष्या
अहंकार यतिको घमण्ड कहाँ गएर सकिन्छ ।

जीवनको यति ठूलो सत्यमाथि
स्वीकार गर्न सकिरहेका छैनन् मान्छेहरु
म कहिल्यै मर्दिन भनेर
अहंकार पालेर बसेका छन् ।

जीवन के हो?
मृत्यु  के हो ?
आखिरीमा
जीवनको अम्तिम सत्य के हो ?
यहीँ श्मसानघाटलाई निहाल
तिम्रो अहंकार घमण्ड
क्षणभरमै शुन्य हुनेछ
तिमीले महसुस गर्नेछौ
जीवनको रहस्य ।

बिर्तामोड, झापा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ