arrow

उन्नाइस जुवाडे यसरी परे पक्राउ 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
card.jpg

दार्चुला । दार्चुलामा ७० हजार नगद सहित १९ जुवाडे पक्राउ परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ३ खारबाट ७० हजार ७ सय ४५ रुपैयाँ नगद र ३ गड्डी तास सहित १९ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं निरीक्षक भाष्कर चन्दले जानकारी दिए । 

दल्लेख प्रहरी चौकीका प्रहरी नायब निरीक्षक केशबदत्त पन्तको नेतृत्वमा खटिएको टोलीले शनिबार राति जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । छुट्टा छुट्टै ठाउँमा जुवातास खेलिरहेको अवस्थामा नगद र तासका गड्डी सहित पक्राउ गरि उनीहरुलाई जिप्रका ल्याइएको सूचना अधिकारी चन्दले बताए ।

जुवातास खेलिरहेको अवस्थामा एक खालबाट ६० हजार ४ सय ६५ रुपैयाँ नगद २ गड्डी तास र १४ जना तथा अर्को खालबाट ५ जना जुवाडे, १० हजार २ सय ८० रुपैयाँ नगद र १ गड्डी तास गरी १९ जनालाई पक्राउ गरिएको उनले बताए ।

पछिल्लो पटक दार्चुला प्रहरी जुवातास विरुद्ध निक्कै आक्रामक बन्दै गएको छ । चाड पर्वको अवसर पारी जुवा खेल्ने क्रम बढ्ने भएकाले प्रहरीले जिल्लाका विभिन्न ठाउँमा निगरानी बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ