arrow

टर्की भूकम्पमा हजार बढी पराकम्प, कम्तीमा ७६ को मृत्यु, हजार घाइते 

logo
रासस–एएनआई,
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
earthquake-turkey1.jpg

अंकरा । टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुको भनाईलाई विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।

टर्कीमा गएको सो भूकम्पको सम्पूर्ण क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । अहिलेसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।

भूकम्पबाट ९६२ जना नागरिक घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । सो विभागकाअनुसार ती घाइतेमध्ये २१९ जना अहिले पनि उपचाररत रहेका छन् भने अरु अस्पतालबाट डिस्चार्ज भएका पनि सो विभागमा अधिकारीहरुले जानकारी गराएका छन् ।

भूकम्पपछि एक हजारभन्दा बढी पराकम्प महसुस गरिएको थियो । तीमध्ये ४३ पराकम्प हरु ४ म्याग्निच्युडका भन्दा माथिकै रहेका र स्थानीय बासिन्दाले महसुश गरेका जानकारी दिएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुगेको जानकारी सोमबार दिए । 

उनले खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरे । यहाँका दर्जनांै घर भत्केको विवरणहरु आएको र यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ ।

उद्धारको काम जारी रहेको र हाल त्यहाँ हजारौँ नागरिक टेन्टमा बसेका बताइएको छ । जसका कारण ठूलो संख्यामा सहयोगको आवश्यकता रहेको पनि अधिकारीहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ