arrow

बागलुङ बजार एक साता बन्द

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
Baglung-hamrakura.jpg.jpeg

बागलुङ । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय गरेको हो ।

बैङ्क तथा वित्तिय संस्था पनि बन्द हुने जनाइएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घलेसमेत कोरोना संक्रमणको जोखिम बढेको भन्दै बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयललाई अनुरोध गरेको थियो । खाद्यन्न, तरकारी, दूध, औषधि, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा भने सुचारु रहने छन् ।

दैनिक उपभोग्य सामग्रीको किनमेलका लागि बिहान ७ देखि ९ बजेसम्मलाई समय तोकिएको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो । यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरमा चल्ने सवारीसाधन भने नियमित सञ्चालन हुनेछन् । ती सवारीसाधनले बजार क्षेत्रमा प्रवेश गरी यात्रु चढाउन र ओराल्न भने पाउने छैनन् ।

सम्बन्धित वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्दको अवधिमा स्थगित गर्ने निर्णय गरिएको छ । औषधि, खाद्यान्न खरिद र अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कन जनसाधारणलाई अनुरोध गरिएको प्रजिअ न्यौपानेले बताउनुभयो । सरकारी कार्यालय र सार्वजनिक संस्थाले सकभर विद्युतीय माध्यमबाट सेवा दिने र कर्मचारी उपस्थति हुनै पर्ने स्थितिमा भिडभाड नगरी कार्यालय सञ्चालन गरिने भएको छ ।

बैठकले नजिकिएको पर्व तिहारमा खेलिने देउसी भैलोलाई पनि रोक लगाउने निर्णय गरेको छ । बागलुङ बजार क्षेत्रमा संक्रमण बढेकाले समुदायमा फैलनबाट रोक्न नचाहेर पनि बन्दाबन्दी गर्नुपरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । उनका अनुसार सदरमुकाममा मात्र अहिले २५ जना सक्रिय संक्रमित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ