arrow

डिएसपी बनेर धम्क्याउने बब्लु समातिए

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
Nepal-Police-new-tt.png

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनले फोनमार्फत आफु महानगरीय प्रहरी वृत्त कालीमाटीको डिएसपी भएको जनाउँदै बब्लुसँग भएको झगडाका सम्बन्धमा छलफल गर्न भनी काठमाडौँको बानेश्वर बस्ने चन्दु झालाई कालीमाटी वृत्तमा बोलाएका थिए ।

कालिमाटी आउँदा प्रहरीले नबोलाएको थाहा पाएपछि कारवाहीका लागि चन्दुले निवेदन दिएका थिए। सोही आधारमा खोजी गर्दा उनलाई नियन्त्रणमा लिइएको परिसरले सोमबार एक सूचना जारी गरी जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ