एजेन्सी । महशुर मोडल किम कादर्शिन अब दोस्रो बच्चाको आमा बन्दै छिन् । तर, उनले पतिलाई फेरि उत्तिकै समय दिने गरेको बताएकी छन् । रियालिटी टिभि स्टारले भनेकी छन्,–‘पतिमाथि मैले धेरै ध्यान दिनु पर्दछ ।’
‘किपिङ्ग विथ कादर्शिन’ कि स्टार किमले आफ्ना पति कान्ये वेस्टको निकै ख्याल गर्ने बताईन् । हरेक बच्चालाई बढी ध्यान दिन जरुरी रहेको बताउने उनी हरेक काम गर्नु परेको सुनाउँछिन् ।
‘यूएस’ पत्रिकाका अनुसार ३५ वर्षीया कादर्शिन र ३८ वर्षीय वेस्ट चाँडै दोस्रो बच्चाका आमा–बुबा बन्ने भएका छन् । किमको पहिलो सन्तान छोरा क्रिसमस साथमै छन् । यसअघि, किम गर्भवती भएको खबरले समेत चर्चा पाएको थियो ।