arrow

डोटीमा कर कार्यालय स्थापना

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
doti-karkaryalaya.PNG

डोटी । डोटीमा करदाता सेवा कार्यालयले सेवा सुचारु गरेको छ । अन्तरिक राजश्व सम्बन्धिका सम्पुर्ण कार्यहरु गर्ने गरि मंगलबार दिपायल सिलगढी नगरपालिका-३ छाउनी स्थित कोष तथा लेखा नियन्त्रण कार्यालय नजिक रहेको सड्क डिभिजनको भवनबाट मंगलबारदेखि सेवा प्रवाह गरेको उक्त कार्यालयका प्रमुख हरि शर्माले बताए । 

जिल्लामा नै आन्तरिक राजश्व कार्यालय अन्तरगतको कर सेवा कार्यालय संचालनमा आए संगै कर सम्वन्धीका काम गर्न धनगढी जानू पर्ने जिल्लाबासीको बाध्यता हटेको छ । 

उक्त कार्यालयले दर्ता सबन्धिका व्यक्तिगत तथा व्यवसायीक पान नम्बर उपलब्ध गराउने, भ्याट दर्ता, अन्तशुल्क दर्ता, करचुक्ता प्रमाण पत्र, करदाता शिक्षा लगायतको सेवा दिने कार्याय प्रमुख शर्माले जानकारी दिए । 

कार्यालयले सेवा प्रवाह गरे संगै मंगलबार दुई जनालाई नयाँ पान नम्बर उपलब्ध गराईएको उक्त कार्यालयले जनाएको छ । उक्त कार्यालयबाट पहिलो पान नम्बर लिने दिपायल सिलगढी नगरपालिका-१ गोसेडाकी हरु देवी साउद रहेको कार्यालय प्रमुख शर्माले बताए । साउदले कृर्षि र पशुपन्छी फर्मको नाममा पान नम्बर लिएकी हुन् । 

कार्यालयले सेवा प्रवाह गरेको पहिलो दिन नै दुई जनाले सेवा लिएको र पहिलो सेवा लिने व्यक्ति महिला हुनुको साथै कृर्षि सम्वन्धी फर्मलाई पान नम्वर उपलब्ध गराउन पाउँदा आफुलाई खुशी लागेको शर्माले बताए । 

यस भन्दा पहिले कर सम्बन्धि सेवा लिन धनगढी जानु पर्ने बाध्यता रहि आएकोमा अब जिल्लाबाट नै सेवा प्रवाह हुने भए पछि व्यवसायीहरुलाई ठुलो सहयोग पुग्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ