arrow

महिलालाई चरित्रहीन भनेपछि बुद्धको जवाफ

logo
बुद्ध,
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
buddha4.jpg

काठमाडौं । महात्‍मा गौतम बुद्ध एक गाँउमा पुगे। त्यहाँ उनलाई एक महिलाले सोधिन्, 'तपाई त कुनै राजकुमार जस्तो देखिनुहुन्छ, आफ्नो युवावस्थामा गेरु वस्त्र किन धारण गर्नुभएको ?'

बुद्धले उत्तर दिए, 'मेले तीन प्रश्नको उत्तर खोज्नको लागि संन्यास लिएको हुँ । हाम्रो शरीर युवा तथा आकर्षक छ , तर यो वृद्ध हुनेछ , फेरी रोगी हुनेछ र अन्त्यमा यो मृत्युलाई प्राप्त गर्नेछ । मलाई वृद्धावस्था, रोगी र मृत्युको ज्ञान प्राप्त गर्नुछ ।'

बुद्धको कुरा सुनेर महिला प्रभावित भइन् र उनले बुद्धलाई भोजनका लागि आमन्त्रित गरिन् ।  जसै यो कुरा गाँउका मानिसहरुमा पुग्यो सबैले बुद्धसँग ती महिला कहाँ नजान भने , उनिहरुले महिला चरित्रहीन रहेको बताए ।

बुद्धले गाँउका मुखियालाई सोधे, 'के यो कुरा सही हो ?'  मुखियाले पनि गाँउका मानिसहरुको कुरामा सहमति जनाए ।
 
तब बुद्धले मुखियाको एक हात समातेर भने, 'अब ताली बजाएर देखाउनुहोस ।' मुखियाले भने' 'यो कसरी सम्भव छ , एक हातले ताली बजाउन सकिदैन ।'

बुद्धले भने, 'ठीक यसै प्रकार कुनै महिला एक्लै चरित्रहीन हुन सक्दिन । यदि यस गाँउका पुरुष चरित्रहीन थिएनन् भने ती महिला पनि चरित्रहीन हुने थिइनन् । यदि गाँउका सबै पुरुष असल हुन्थे भने ती महिला यस्ती हुने थिइनन् यसैले उनको चरित्रको लागि यहाँका पुरुष जिम्मेदार हुन् ।'

बुद्धको  कुरा सुनेर  त्यहा उपस्थित सबै मानिस लज्जित भए। बुद्ध सभाबाट महिलाको घरमा भोजनका लागि निस्किए ।

यस कथाको सार हामीले अरुको चरित्रका बारेमा बोल्नु अघि आफ्नो चरित्र पनि हेर्नुपर्नेछ । हरेक व्यक्तिमा केहि न केहि कमी कमजोरी अवश्य छ । यसैले अरुको गल्तीहरु माथि ध्यान दिनु भन्दा स्वयंको कमजोरीलाई सुधार्नु पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ