arrow

विनोद चौधरीद्धारा बद्रीप्रसाद ओझाको निधनप्रति दुःख व्यक्त

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
badri-prasad-ojha.jpg

काठमाडौं । चौधरी ग्रुप नेपालका अध्यक्ष, वरिष्ठ उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बद्रीप्रसाद ओझाको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

ओझा नेपाल(भारत व्यापारका विज्ञ थिए । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वमहानिर्देशक पनि रहेका थिए । उनको निधनप्रति आफू मर्माहित भएको चौधरीले बताएका छन् । 

सामाजिक संजाल ट्वीटरमार्फत उनले दुःख व्यक्त गर्दै दिवंगत ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । 

उनले ट्वीटरमा यसो लेखेका छन्, ‘नेपाल–भारत व्यापारका विज्ञ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वमहानिर्देशक बद्रीप्रसाद ओझाको निधनले मर्माहत भएको छु । दिवंगत ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ