arrow

चीनमा जातीय अल्पसंख्यकमाथिको उत्पीडनविरुद्ध एकठाउँ आउन विश्व समुदायलाई आह्वान 

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
uyghur-muslim-china.jpg

बेइजिङ । चीनको नियन्त्रणमा रहेको पूर्वी तुर्कमेनिस्तानमा जातीय अल्पसंख्यकविरूद्ध चीनले व्यवस्थितरुपमा अभियान नै चलाएर यातना दिने गरिरहेको आरोप लाग्दै आएको छ । यसविरुद्ध चीनलाई प्रश्‍न गर्नुका साथै यस्तो यातनालाई रोक्‍न पहल गर्नुपर्ने आवाज उठ्दै आएको छ। यो २१ औं शताब्दीको सबैभन्दा विचलित र स्तब्ध पार्ने मानवअधिकारविरुद्धको अत्याचार भएको मानवअधिकारवादी संघ संस्थाहरुले भन्दै आएका छन् ।  यस क्षेत्रलाई चिनियाँहरूले "सिन्जियाङ उइगर स्वायत्त क्षेत्र" को नाम दिएका छन् ।

चीनको जातीय अल्पसंख्यकमाथिको उत्पीडनविरुद्ध विश्वभरबाट आलोचना भइरहेको छ । तर पनि राष्ट्रपति सी जिनपिङ प्रशासनले सम्पूर्ण जातीय र धार्मिक अल्पसंख्यकहरुलाई सजाय दिन यत्तिको कडा कदम चालेकोप्रति गम्भीर प्रश्‍नहरु उब्जिएका छन् । जातिय अल्पसंख्यकको पृथक पहिचानलाई नोक्सान गरी आफ्नो समाजमा समाहित गर्न र उनीहरुलाई सांस्कृतिक र धार्मिक रुपमा कमजोर बनाउनुका साथै स्वतन्त्र पूर्वी तुर्किस्तानको दाबी गर्दै सुरु भएको अभियानलाई निस्तेज पार्ने उद्देश्यले त्यहाँ लाखौं मानिसहरुलाई गैरकानुनी हिरासतमा राखिएका छन् । 

जातीय अल्पसंख्यकहरूप्रति सी जिनपिङको नीति निकै कडारुपमा लागु गरिन थालिएको छ । तर, केही प्रान्तहरुमा भने उक्त नीति फिर्ता गरेबाट मुस्लिमहरुलाई बढी निशानामा राखेको प्रष्ट पाइएको छ । उदाहरणका लागि निन्सिया हुइ स्वायत्त क्षेत्रमा रहेका हुइ मुस्लिमहरुलाई विद्यालयको प्रवेश परीक्षमा दिइँदै आएको १० देखि ३० सम्मको अतिरिक्त अंक दिने नियम हटाइएको छ । मुस्लिमहरुलाई शिक्षामा पनि कमजोर पार्न खोजिएको यो अर्को उदाहरण भएको उइगर अभियन्ताहरुले बताएका छन्। 

पूर्वी तुर्किस्तानका विद्यालयमा शिक्षाको माध्यमकारुपमा रहेको उइगर भाषालाई प्रतिबन्ध लगाउँदै अनिवार्य मन्डारिन भाषा पढाउनुपर्ने नियम बनाइएको छ । उइगरलाई हेडस्कार्फ लगाउन, दाह्री पाल्‍न, रमजानको समयमा उपवास बस्‍न र रक्सी नपिउन पनि प्रतिबन्ध लगाइएको छ । यसबाहेक, कुरान अध्ययन गर्न, मस्जिदहरूलाई चन्दा दिन वा धार्मिक गतिविधिमा भाग लिने उइगरहरुलाई दण्डित गर्ने गरिएको छ । परिवार नियोजन नियमावलीमा उइगरहरुलाई प्रदान गरिएको छुटलाई पनि खारेज गरिएको छ ।

यसका साथ सी प्रशासनले सिन्जियाङमा हान समुदायका मानिसहरुलाई बसाइ सर्न प्रोत्साहित गरिरहेको छ । त्यसैगरी उक्त क्षेत्रमा बसाइ सर्ने ३५ वर्षभन्दा कम उमेरका हान व्यक्तिलाई घर र रोजगारी उपलब्ध गराइने प्रतिबद्धता सरकारले गरेको छ । यदि उनीहरु अरल, तुम्शुक आदि सहरमा बसाइँ सरे भने परिवारका तीन जनालाई दुई बेडरुम सहितको घर उपलब्ध गराइने र जग्‍गा दिइने जनाइएको छ । 
 
अधिकारवादीहरुले राष्ट्रपति सीले आफ्नो विचारहरु र कार्यहरुमा एडोल्फ हिटलरसँग मिल्दोजुल्दो रहेको आरोप लगाउँदै आएका छन्। हिटलरले जस्तै, सी जिनपिङले पनि गुट रचना गरेका छन् र विगतको समयको विरासत फिर्ता ल्याउनको लागि जन्मिएको रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । सीले आफूलाई चीनको सम्राट, नीलो रगतको रूपमा प्रोजेक्ट गरेको पनि अधिकारवादीहरु आरोप लगाउँछन्। यसको अर्थ जससँग चीनको महिमाको नाममा "अल्पसंख्यकलाई" जातिलाई थिचोमिचो गर्ने अधिकार छ । 

चीनको यस्तो व्यवहारविरुद्ध विश्व एकठाउँमा आउनुको विकल्प नभएको अधिकारवादीहरु बताउँछन्। अमेरिका, बेलायतलगायतका मुलुकहरुले नेतृत्व गरेर चीनविरुद्धको मानवअधिकार उल्लंघनको घटनालाई रोक्‍न पहल थाल्नुपर्ने उपयुक्त समय पनि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ