arrow

अवरोध नगर्ने निर्णय गरेको केही घण्टामै औषधी बोकेको ट्रक जल्यो, मोर्चा लचिलो–कार्यकर्ता उश्रृंखल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1871215018.jpeg
वीरगन्ज । औषधी तथा अत्याआवश्यक सामग्री आयात गर्न दिने निर्णय गरेको भोलिपल्टै सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधी बोकेको ट्रकमा आगजनी गरेका छन् । राति करिब १ बजेतिर भएको आगजनीले औषधी सहित ट्रकमा रहेका सामग्री जलेर नस्ट भएको प्रहरीले जनाएको छ । 
 
यसअघि, मोर्चाले विहिबार मात्रै विज्ञप्ती जारी गरी औषधिलगायत अत्याआवश्यक सामग्री नरोक्ने घोषणा गरेको थियो । निर्णय सार्वजनिक भएको केही घन्टामै नै वीरगन्जको नेशनल ट्रेडिङ अगाडी औषधी बोकेको ना २ ख ८३९२ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
 
मोर्चाले निर्णय सार्वजसनक गर्नेवित्तिकै व्यवसायीहरुले औषधी पठाउने तयारी गरेका थिए । विभिन्न स्थानमा रोकिएका ट्रक गन्तव्यमा पठाउने तयारी भईसक्दा  आगजनी हुनु दुःखद भएको व्यवसायीहरुले बताएका छन् । अवरोध नगर्ने निर्णयपछि सर्वत्र मोर्चा लचिलो भएको चर्चा भइरहेका बेला मोर्चा कार्यकर्ता उश्रृंखत गतिविधिमा उत्रिएका छन् । यता, सरकारले मोर्चा लचिलो भएकाले चाँडै समस्या समाधान हुने प्रचार गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ