arrow

आइस्पानमा पराजुली, सबै पदाधिकारी निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
sudir-parajuli-ispan.jpg

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको संघको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । 

संघका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नवीन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बाँस्तोला र  कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् । 

यसैगरी संघका वरिष्ठ सल्लाहकारमा वल्र्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा , सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएको संघले जनाएको छ । 

बुधबार भर्जुअल बैठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो ।  उक्त बैठकमा संघका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले  नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ