arrow

आँपको बगैँचामा सामूहिक करणी, मण्डल समातिए

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
Rape.jpg.jpeg

सप्तरी । सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

राजविराजबाट बिजुलीबत्तीको बिल तिरेर घर फर्किने क्रममा सामूहिक बलात्कार भएको भन्दै  पीडितले मण्डलसहित सोही ठाउँका तीन जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। 

पीडितले दिएको उजुरीका आधारमा आरोपित मण्डललाई पक्राउ गरी अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

आरोपितहरुले करकापमा पारी आँप बगैँचामा गत आइतबार सामूहिक बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पीडितको सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ