arrow

रोल्पाको बडाचौरमा निःशुल्क पशु स्वास्थ्य शिाविर

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ जेठ २० बिहिबार
Rolpa-hamrakura.jpg.jpeg
रोल्पा। जिल्ला पशु सेवा कार्यालय रोल्पाको आयोजनामा एक दिने निः शुल्क पशु स्वास्थ्य शिविर रोल्पाको वडाचौर गाविसमा सम्पन्न भएको छ। 
 
शिविरमा त्यस क्षेत्रका पशुहरुमा देखिएका समस्या तथा रोगको निदानका लागि निःशुल्क उपचार सेवा प्रदान गरिएको जिल्ला पशुसेवा कार्यालय रोल्पाले जनाएको छ।
 
 शिविरमा १ सय १० वटा गाइगोरु, १ सय १९ वटा भैसी, ३ सय २६ वटा बाख्रा र ४ सय ८९ वटा कुखुरा गरी जम्मा १ हजार ३४ वटा पशुहरुलाई सेवा प्रदान गरिएको थियो।
 
जस अन्तर्गत ५८ जना महिला र २७ जना पुरुष गरी जम्मा ८५ जना कृषकहरुले शिविरबाट फाइदा लिएका थिए। 
घर आगनमै निशुल्क सेवा पाउदा खर्च पनि बच्ने र समयको पनि सदुपयोग हुने भएको ुहँदा सेवाग्राहीहरु निकै हर्षित बनेका छन्। 
 
शिविरमा जिल्ला पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक निमबहादुर सिंह, पशु विकास अधिकृत डा.धर्मराज गिरी, पशु सेवा केन्द्र (क) सुलिचौरका  ना.प्रा.स. शम्भु पनहरचौधरी ,राष्ट्यि स्वयमसेवक ना.प्रा.स. भरत घर्ती ,का.स.दलबहादुर रोका र स.चा. रनबहादुर महराको टोली उक्त क्षेत्रमा पुगी शिविर सम्पन्न गर्नमा अहम भूमिका निर्वाह गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ