arrow

एमालेबाट निर्वाचित वडाध्यक्षको संक्रमणले लियो ज्यान

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
narendra-bahadur.PNG

सुदूरपश्चिम । कोरोना संक्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार मृत्यु भएको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिए । 

बिरामी भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ