arrow

कोपा अमेरिका १०० बर्ष:उरुग्वे धेरै जित्नेमा पहिलो, अर्जेन्टिना दोस्रो र ब्राजिल तेस्रो

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
Copa-2016-US-Cities.jpg.jpeg
काठमाडौं। विश्वकै सबै भन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता नेपाली मिति अनुसार ४ जुन बाट शुरु हूदैछ। विश्व फुटबलका ठूला टोली ब्राजिल र अर्जेन्टिना सम्मिलित हुने प्रतियोगिताले विश्वको ध्यान तानिरहेको छ। 
 
सन् १९१६बाट शुरु भएको कोपा अमेरिकाको पहिलो आञोजक अर्जेन्टिना रहेको छ। उक्त बर्ष उरुग्वेले उपाधि जितेको थियो भने अर्जेन्टिना दोस्रो भएको थियो। पहिलो प्रतियोगितामा ४ टोलीले भाग लिएका थिए। उरुग्वे, अर्जेन्टिना, ब्रजिल र चिली पहिलो प्रतियोगितामा सहभागि रहेका थिए। 
 
सन् १९१६मा शुरु भएको फुटबल प्रतियोगितालाई दक्षिण अमेरिकी प्रतियोगिता नामाकरण गरिएको थियो। दक्षिण अमेरिकी प्रतियोगिताको अन्तिम खेल सन् १९६७मा उरुग्वेमा भएको थियो र बिजेता पनि उरुग्वे नै रहेको थियो। 
 
सन् १९७५बाट शुरु भएको वा नाम परिवर्तन गरिएको प्रतियोगिता  कोपा अमेरिका नामले संचालन हुन थाल्यो। कोपा अमेरिकाको पहिलो संस्करणको बिजेता पेरु रहेको थियो। कोपा अमेरिकामा सबैभन्दा बढी  पटक उपाधि जित्ने देश ब्राजिल रहेको छ। ५ पटक उपाधि जेितेको ब्राजिल पछि उरुग्वे ४ उपाधि सहित दोस्रो स्थानमा रहेको छ। 
 
कोपा अमेरिका (दक्षिण अमेरिकी प्रतियोगिता र कोपा अमेरिका )को ९९ बर्षको ईतिहासमा ४४ संस्करण खेल भैसकेका छन्। ४४ संस्करणमा सबैभन्दा बढी पटक उरुग्वेले १५ पटक जितेको छ भने अर्जेन्टिनाले १४ पटक कोपाको उपाधि उचालेको छ। पाँच पटकको विश्वकप बिजेता ब्राजिलले ८ पटक उक्त उपाधि हात पारेको छ। 
 
कोपा २०१६मा बाह्र टोली सहभागी रहेका छन्। उक्त टोलीहरुलाई ४ समुहमा बिभाजित गरिएको छ।अमेरिकामा हुने प्रतियोगिताको सयौं संस्करण रहेको छ। 
 
समूह ए: अमेरिका, कोलम्विया, कोस्टारिका, पाराग्वे
 
समूह बी: ब्राजिल, इक्वेडर, हाइटी, पेरु
 
समूह सी: मेक्सिको, उरुगवे, जमैका, भेनेजुएला
 
समूह डी: अर्जेन्टिना, चिली, पानामा, बोलिभिया
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ