arrow

यु-१८ बास्केटबल: नेपाल भारतसँग पराजित हुँदै छनोटमा चुक्यो

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
Nepal_Basketball_u18.jpg.jpeg
काठमाडौ । फिबा एसिया यु–१८ क्वालिफाइङ बास्केटबल च्याम्पियनसिपको अन्तिम दिन बिहीबार नेपाल पराजित भएको छ । 
 
बङ्गलादेशको ढाकामा जारी प्रतियोगिताअन्तर्गत लिगको अन्तिम खेलमा बिहीबार नेपाल भारतसँग ११७–४० अङ्कले पराजित भएको हो । नेपालका लागि आशिष बस्नेत र निश्चल महर्जनले ८–८ तथा अजय कुँवरले ६ र कुन्खेनजित थिङले ५ स्कोर गरेका थिए । 
 
त्यस्तै, भारतले चार क्वार्टरमा क्रमशः २६–११, ३२–०९, ३६–८ र २३–१२ अङ्क जोड्यो । 
 
पहिलो दिन बुधबार नेपालले आयोजक बङ्गलादेश र श्रीलङ्कालाई हराउँदै दोहोरो जित हात पारेको थियो । कुनै पनि स्तरको बास्केटबलमा श्रीलङ्काविरुद्ध पहिलो जित हात पार्ने क्रममा नेपाल ६५–६४ को सङ्घर्षपूर्ण जित हासिल गरेको थियो । सोही दिन नेपालले बङ्गलादेशलाई ५७–५४ ले हराएको थियो । 
 
जितसंगै भारत जुलाई १५ देखि २४ तारिखसम्म इरानमा हुने यु–१८ पुरुष एसियाली बास्केटबल च्याम्पियनसिपका लागि छनोट भएको छ । चार राष्ट्र सहभागी छनोटमा शीर्ष स्थान हात पार्ने टोली एसियाली च्याम्पियनसिपका लागि छनोट हुने प्रावधान छ । प्रतिस्पर्धा राउन्ड रोविन लिग पद्धतिका आधारमा भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ