arrow

कतारका राजकुमारको टोली अमादब्लमको चुचुरोमा

logo
रासस,
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
qatar-prince-bin.jpg

काठमाडौं। कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका छन्। राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले आज बिहान ११:२० बजे आमादब्लमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ। विभागको पर्वतारोहण शाखाका प्रमुखसमेत रहेकी निर्देशक मीरा आचार्यले शेख मोहम्मदसहितको टोलीले अमादब्लमको आरोहण गरेको पुष्टि गरीन्।

यससँगै अमादब्लम हिमालमा अटम सिजनको पहिलो आरोहण भएको पनि उनले उल्लेख गरीन। उक्त आरोहणको व्यवस्थापन हिमालयन गाइड्सले गरेको हो। राजकुमारसहितको आरोही टोलीमा छ आरोही सदस्य थिए। यसमा केही अमेरिकी र क्यानेडियन आरोही पनि सहभागी थिए।

विभागलाई अमादब्ल्म हिमालमा खटिएका सम्पर्क अधिकृतले जनाएअनुसार छ विदेशी र सात जना नेपालीले सफल आरोहण गरेको बताइएको छ। यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो।

विभागको पछिल्लो विवरणअनुसार अटम सिजनको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ। आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी सङ्कलन भएको छ। यो याममा आरोहण अनुमति लिएका हिमालमा मनास्लुमा दुई, अमादब्लम दुई तथा बरुत्सेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ