arrow

आयो नेपालले विश्वकप छनोट फुटबल खेल्ने तालिका 

logo
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
nepali-football-team.jpg

काठमाडौं । विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु सन् २०२१ को जुन महिना भित्र सकिने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो ।

विश्वकप छनोट खेलमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम खेल भुटानमा खेलेको थियो । नेपाल पहिलो लेगको खेलमा अवे खेलमा कुवेतसंग ७–०, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो । चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।

होम खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको थियो । समूह ुबीु मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको भ्रमणमा रहेको छ । नेपालले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ ।

कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको थियो ।

छनोट अन्तर्गत बाँकी रहेको म्याच डे ७ र ८ को खेल मार्चमा हुनेछ । यस्तै म्याच डे ९ र १० को खेल जुनमा हुने एएफसीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ