arrow

प्रेमजी बने सबैभन्दा बढी दानदाता 

logo
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
ajim-premjee.jpg

काठमाडौं । विप्रो कम्पनीका संस्थापक अजीम प्रेमजी देशका सबैभन्दा ठूला दानदाता बनेका छन् । वर्ष २०२० मा उनले १ खर्ब २६ अर्ब ४६ करोड ४० लाख रुपैयाँ दान दिएका छन् । यो आंकडा अनुसार उनले दैनिक करिब ३५ करोड २० लाख रुपैयाँ दान गर्दै आएका छन् । 

भारतीय व्यापारी प्रेमजीले रिलायन्स इन्डस्ट्रिज लिमिटेडका मुकेश अम्बानीको तुलनामा १७ गुणा बढी डोनेसन दिएका छन् । अम्बानीले यो वर्ष मात्र ७ अर्ब ३२ करोड ८० लाख रुपैयाँ च्यारिटीलाई दिएका छन् । 

हुरुन रिपोर्ट इन्डिया र एडेलगिव फाउन्डेसनले भारतका दानदाताहरुको लिष्ट गत मंगलबार जारी गरेको थियो । अम्बानी तेस्रो नम्बरमा छन् । दोस्रो नम्बरमा एचसीएल टेक्नोलोजिजका शिव नाडरले १२ अर्ब ७२ करोड रुपैयाँ दान गरेका छन् । चौथो नम्बरका आदित्य बिडला ग्रुपका कुमार मंगलम बिडला एन्ड फेमिलीले  ४ अर्ब ४१ करोड ६० लाख रुपैयाँ दान गरेका छन् । 

प्रेमजीले अजीज प्रेमजी फाउन्डेशन, विप्रो र विप्रो इन्टरप्राइजेजले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि उक्त रकम दान गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ