arrow

सन् २०१६ युरोकप खेल्न नपाएका अभागी पूर्व विजेता देशहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
uro-cup-2016.jpg.jpeg
एजेन्सी । सन् २०१६ को युरोकप यही जुन ११ बाट फ्रान्समा सुरु हँुदैछ । यस पटकबाट नियमित सहभागि देशको संख्या १६ बाट २४  पुगेको छ । यसको फाइदा उठाउदै पहिलो पल्ट ५ देशले यसपटकको युरो कपको टिकट काटेका छन् भने अर्को तर्फ सहभागि संख्या एकतिहाईले बढाइएपनि तीन पूर्व विजेता यो सिजनको युरो कपमा छनौट हुन सकेनन् । यो पल्ट छनोट हुन नसकेका पूर्व विजेताहरु को को हुन् त ? 
 
नेदरल्याण्ड
सन् १९८८ मा जर्मनीमा भएको युरो कप विजेता साथै ३ पटक विश्व कपको दोस्रो स्थान हासिल गरेको डच टोली यो पल्ट युरो कपका लागि छनोट हुन सकेन । केही वर्ष अघि सम्म सशक्त प्रदर्शन गर्दै सिंगो युरोपमा दबदबा कायम गरेको टोली पछिल्लो समय फुटबलमा संघर्षरत रहयो । डच टोलीले युरोकप छनौटको अन्तिम चरणमा भएको कुल १० खेलमा ४ खेलमा जित हासिल गरे पनि ५ खेलमा पराजित तथा १ खेल बराबर खेल्दै ६ टोली सम्मेलित सो समूहको चौथो स्थानमा टुंग्यायो । सो समूहबाट चेक गणतन्त्र, आइसल्याण्ड तथा टर्की युरो कपमा छानिए ।
 
डेनमार्क
स्वीडेनमा भएको सन् १९९२ को युरो कपमा कुल ८ टोली सहभागि थिए । युरोकपमा डेनमार्क विभिन्न समस्याको बाबजुत सनसनी पूर्ण फाइनल खेलमा तत्कालिन महाशक्ति जर्मनीलाई फाइनलमा २–० गोल अन्तरले पराजित गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको टोली यो पल्टको युरोकप अन्तर्गतको युरोकप छनौटको अन्तिम चरणमा भएको कुल ८ खेलमा पराजित समान ३ खेलमा जित तथा पराजय भोग्दै १२ अंक मात्र जोड्न सक्यो र यो पल्ट प्रतियोगिताबाट बाहिरै बसेर खेल हेर्न बाध्य भयो । डेनमार्क सम्मेलित उक्त समूहबाट पोर्चुगल तथा अल्वानियाले यो युरो कप खेल्ने छन् ।  
ग्रिस
सन् २००४ मा  पोर्चुगलमा आयोजित युरोकप ग्रिसले जित्दै विश्व फुटबलमा अन्डर ‘डक’को रुपमा परिचित गराएको थियो । कुल १६ टोली सहभागि  उक्त युरो कपमा  ग्रिसको फाइनल यात्रालाई मात्रै फुटबल समर्थकले पत्यारिलो मानिरहेको बेला फाइनलमा उसले पोर्चुगलको इतिहासको स्वर्णीम पुस्ता रहेको घरेलु टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै इतिहासमा आफ्नो पहिलो तथा हाल सम्मको एक मात्रै अन्तर्राष्ट्रिय उपाधि उचालेको थियो । आसन्न २०१६ युरो कप उसका लागि खल्लो हुनेछ ।
 
यो पल्ट उसको लागि युरो कप अन्तर्गतको छनोट हाल सम्मकै विर्सिन लायक रह्यो । छनोटको अन्तिम चरणमा भएका कुल १० खेलमा केवल १ खेलमा जित तथा ६ खेलमा पराजित हुन पुग्यो । ३ खेल बराबरी खेल्दै ६ अंक मात्रै जोडेर ६ टोली  सम्मिलित सो समूहमा छैटौ स्थानमै चित्त बुझाउन बाध्य भयो । सो समूहबाट उत्तरी आयरल्याण्ड,रोमानिया तथा हंगेरी यो युरो कप खेल्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ