arrow

विश्वमा बाह्र लाख ९४ हजारभन्दा बढीको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
dead-body2.jpg

पेरिस । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ९४ हजार ५३९ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार  अपराह्नमा जानकारी दिएको छ । 

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड २७ लाख ७५ हजार ८४० व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ४० लाख ३३ हजार  १०० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।  

कोरोना भाइरसको संक्रमणबाट  बिहीबार, एकै दिनमा विश्वभरी ९ हजार ९२१ जनाको मृत्यु भएको छ ।  छ लाख ८ हजार ६२५ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिकामा १ हजार ५१२ र दोस्रोमा ब्राजिलमा ९०८ जना रहेका छन् । 

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ४२ हजार ४३५ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ५ लाख ५५ हजार ४६९ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । अमेरिकामा कम्तीमा ४० लाख ५१  हजार २५६ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । 

अमेरिकापछि ब्राजिलमा १ लाख ६४ हजार २८१ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५७ लाख ८१ हजार ५८२ कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा १ लाख २८ हजार ६६८ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८७ लाख २८ हजार ७९५ कोरोना भाइरस संक्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९७ हजार ५६ जनाको मृत्यु भएको छ भने ९ लाख ९१ हजार ८३५ जना संक्रमित भएका छन् ।संयुक्त अधिराज्यमा ५० हजार ९२८ जनाको मृत्यु भएको छ भने १२ लाख ९० हजार १९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ