arrow

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्टले ५० हजार प्राप्त गर्ने

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
machhapuchhre-logo.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ। देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ। यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीले लाई ५० हजार प्रदान गरिनेछ। सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने कम्पनीले जनाएको छ।

सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ। कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमा गएर देउसि भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको हो। 

बैंकले बिशुद्ध बैंकिङ सेवाको साथ बिभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्दे आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ