arrow

कतारका राजकुमारलाई बिदाइ, विश्वकै सुन्दर देश नेपालमा फेरी आउने

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
bahrain-prince_nasser_bin_hamad_al-khalifa.jpg

काठमाडौँ । अमादब्लम  हिमालको आरोहण गरी स्वदेश फर्कन लागेका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लालाई सम्मान गरिएको छ  । 

काठमाडौँमा शनिबार आयोजित कार्यक्रमबीच संस्कृति, पर्यटन  तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले  कोभिड–१९ को महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको भन्दै राकुमारसहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बिदाइ गरे ।

राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले यही कात्तिक २६ गते बिहान ११:२० बजे ६ हजार आठ सय १४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेको थियो । 

उक्त आरोहण अमादब्लम हिमालमा अटम सिजनको पहिलो आरोहण थियो । राजकुमारसहितको आरोही टोलीमा छ जना आरोही सदस्य थिए । यसमा केही  अमेरिकी र क्यानेडियाली आरोही सहभागी थिए । उक्त आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा छ विदेशी र आठ नेपाली सहभागी थिए ।

सन् २००९ देखि नेपाल आउन थालेका राजकुमार अब्दुल्लाको यो आठौँ पटकको यात्रा हो । सन् २०१३ मा सगरमाथा आरोहण गरेका उनी तीनपटक सगरमाथाको आधार शिविर पुगेका छन्। 

नेपालका अन्य पर्यटकीय गन्तव्यमा पाइला चुमेका अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य सत्कारबाट आफू प्रभावित रहेको भन्दै नेपाल विश्वकै सुन्दर देश भएकाले फेरी पनि नेपाल आउने चाहना प्रकट गरे । उहाँ आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर यही कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ