arrow

जीपी कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय न्यूयोर्कमा 

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
gpkoirala-foundation-newyor.jpg

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय उद्घाटन गरिएको छ । शनिबार कार्यालयको विधिवत् उद्घाटन भएको हो । डिस्ट्रीक एटोर्नी क्वीन्स काउन्टीका समुदाय संयोजक महम्मद रहमनले रिबन काटेर उद्घाटन गरेका हुन् । उनले क्वीन्स डिस्ट्रीक एटोर्नी मेलिन्दा काट्जले पठाएको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए । 

यस उद्घाटन कार्यक्रममा समाजप्रति समर्पित भएर गरेको कार्यको उच्च मुल्यांकन गर्दै न्युयोर्क सिटी र न्यूयोर्क राज्यबाट प्राप्त ३५ वटा सम्मान पत्र विशिष्ट व्यक्तित्वहरुलाई वितरण गरिएको थियो । 

न्यूयोर्क सिटी र न्यूयोर्क राज्यबाट सम्मानित हुनेहरुमा क्रमशः यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्यहरु रामचन्द्र अधिकारी, सूर्य सिंखडा, फुर्वा शेर्पा र प्रेम पौडेल, केन्द्रीय सदस्य एवं महिला संयोजक दावा शेर्पा, शेर्पा किदुग अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा, कोषाध्यक्ष छिरिङ शेर्पा, समाजसेवीहरु क्रमशः दावा शर्पा, सोनम गेल्बु शेर्पा, पल्जुर शेर्पा, प्रवासी मन्च अमेरिकाका अध्यक्ष टेक गुरुङ, फिप्ना का अध्यक्ष लोक चेम्जोङ, फिप्ना संघिय परिषदका सभामुख राज कुमार बिष्ट, मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगर, युनाईटेड किरात राई ओर्गनाईजेसन अमेरिकाकी अध्यक्ष मुना राई , फिप्नाकी उपाध्यक्ष गोमा योन्जन गुरुङ, एन आर एन अभियन्ता द्वय बिष्णु राना मगर र मिलन कुमार शाही, नेजससअ की केन्द्रीय सदस्य कमला पन्त, नेका युवा नेता एंव समाजसेवीहरु क्रमशः प्रेम क्षेत्री, राजेश आचार्य, बिरेन्द्र मानन्धर, धुर्व कुँवर क्षेत्री र अनिल राज पाण्डेय, वरिष्ठ कलाकारहरु शंकर बीसी, गीता राई र बसन्ती राई, महिला उद्यमी एवं समाजसेवी बिमला श्रेष्ठ हमाल, समाजसेवीहरु क्रमशः टंक खड्का, सुकु रुमदाले राई, लाक्पा भोटीया शेर्पा, मेरिना पराजुली, गुरुङ सोसाइटी अमेरिकाकी पूर्व उपाध्यक्ष सिद्वार्थ गुरुङ र यसै संस्थाकी बोर्ड मेम्बर एलिसा गुरुङ, कलाकार एंव समाजसेवीद्वय पुष्कर बराल र मधु कुमार गिरी लगायत सम्मानित भएका छन् । फाउण्डेशनको तेस्रो सम्मान कार्यक्रम पनि छिट्टै हुने यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ