arrow

महिलाको मासिक धर्मबारे यस्तो छ पौराणिक कथा, इन्द्रदेवलाई मानिन्छ जिम्मेवार 

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
peroid.jpg

काठमाडौं । महिलाको लागि रजस्वला एक नियमित प्रक्रिया हो । यो निश्चित आयुदेखि शुरु भएर निश्चित उमेरमा सकिन्छ । यस विषयमा पुराणमा पनि एक कथा छ, जुन इन्द्रदेवसँग जोडिएको छ ।  भागवत पुराणमा वर्णित कथाअनुसार एकपटक देवताका गुरु बृहस्पति कुनै कारणले इन्द्रदेवसँग रिसाएका थिए । यसैबीच असुरहरुले देवलोकमा आक्रमण गरेका थिए । त्यसपछि इन्द्रदेवले आफ्नो गद्दी छाडेर हिँड्नुपरेको थियो ।

असुरबाट आफैंलाई बचाएर भागेका इन्द्र ब्रह्माको चरणमा पुगेका थिए । उनले ब्रह्मासँग सहयोग पनि मागेका थिए । त्यसपछि ब्रह्माजीले एक ब्रह्म ज्ञानीको सेवा तथा सहयोग गर्न सुझाएका थिए । यदि उनी प्रसन्न भए राजगद्दी पुनः फिर्ता पाइने आश्वासन उनले दिएका थिए । आज्ञानुसार इन्द्र ब्रह्मज्ञानीको सेवामा लागे । यद्यपि उनी जसको सेवा गरिरहेका थिए, उनीकी आमा असुर थिइन् । जसको कारण उनको मनमा असुरप्रति विशेष स्थान थियो । यो कुरा इन्द्रलाई थाहा थिएन ।

इन्द्रले चढाएको सबै हवनको सामग्री उक्त ज्ञानीले असुरलाई चढाइरहेका थिए । यसबाट उनको सारा सेवा भङ्ग भइरहेको थियो । सो कुरा थाहा पाएपछि रिसाएका इन्द्रले उक्त ब्रह्म ज्ञानीको हत्या गरेका थिए । ब्रह्महत्या गर्नु निकै ठूलो पाप थियो । उक्त पाप एक भयानक राक्षसको रुपमा इन्द्रको पिछा गरिरहेको थियो । भाग्दै गरेका इन्द्रले आफूलाई एक फूलभित्र लुकाएका थिए र एक लाख वर्षसम्म भगवान विष्णुको तपस्या गरेका थिए ।

तपस्याबाट प्रसन्न भएका विष्णुले इन्द्रलाई बचाएका थिए तर उनीमाथि लागेको पापको मुक्तिको लागि एक सुझाव दिएका थिए । जसका लागि इन्द्रलाई रुख, जल, भूमि र स्त्रीले केही अंश पाप लिनुपर्ने थियो । इन्द्रको आग्रहमा सबै राजी भए तर उनलाई एक वरदान लिन नयार भए । यस्तोल इन्द्रले पनि एक वरदान दिनुपर्ने थियो ।

सबैभन्दा पहिला रुखले पाप लियो र इन्द्रले उसलाई चाहेको खण्डमा आफैंलाई जीवित गर्नसक्ने वरदान दिए । त्यसैले पानीलाई अन्य वस्तुलाई पवित्र गर्नसक्ने शक्ति दिए ।

पापको तेस्रो अंश भूमिले लिएपछि पृथ्वीमा लागेको कुनै पनि चोट पुरिने वरदान दिए । अन्तिममा स्त्रीको पालो आयो । सो कथाका अनुसार स्त्रीलाई दिइएको पापको कारण उनलाई मासिक धर्म हुने गर्छ । इन्द्रदेवले यसको बदलामा स्त्रीलाई कामवासनामा धेरै गुणा आनन्द प्राप्त हुने वरदान दिएका थिए । त्यसैले उक्त अवस्थामा महिलालाई मन्दिरको दर्शन गर्नु र पूजापाठमा रोक लगाइने गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ