arrow

बसमाथि बन्दूकधारी समूहको आक्रमण, चौतीस जनाको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
ethopia-.png

अदिस अबाबा । इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानव अधिकारवादी समूहल् आइतबार जनाएको छ । 

इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय मानबअधिकारवादी संस्थाले उल्लेख गरेको छ । 

इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ रहेको भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् । 

आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ