arrow

बेल्जियमसँग इंगल्याण्ड निरीह, इटालीको जित

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
Em5WV2NXMAIXMh0.jpg

काठमाडौं । नेसन्स लिग फुटबलमा इंगल्याण्डले कमजोर प्रदर्शन गरेको छ । आइतबार रातिको खेलमा इंगल्याण्ड बेल्जियमसँग २–० गोल अन्तरले पराजित भएको हो । बेल्जियमको मैदानमा भएको खेलमा योरी टाइलेमान्स र ड्राइस मार्टेन्सले १–१ गोल गरे । 

यो समूहको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई २–१ गोल अन्तरले हरायो । हारले इंगल्याण्डको अर्को चरणको सम्भावना सकिएको छ । ५ खेलबाट १२ अंकको बेल्जियम शीर्ष स्थानमा छ । डेनमार्कको १० अंक छ । इंगल्याण्डको मात्र ७ र आइसल्याण्डको ० अंक छ । 

अन्य खेलमा समूह आईको खेलमा इटालीले पोल्यान्डलाई २–० गोल अन्तरले हरायो । नेदरल्याण्डस्ले बोस्निया एण्ड हर्जगोबिनालाई ३–१ गोल अन्तरले हरायो । 

त्यस्तै अष्ट्रियाले नर्दन आयरल्याण्डलाई २–१ गोल अन्तरले हराउँदा रोमानिया र नर्वेको खेल स्थगित भयो । स्लोभाकियाले स्कटल्याण्डलाई १–० ले चेक रिपब्लिकले इजरायललाई १–० ले हरायो । 

रुस टर्कीसँग ३–२ गोल अन्तरले पराजित हुँदा हंगेरी र सर्बियाले १–१ गोलको बराबरी खेले । बुल्गेरिया फिनल्यान्डसँग २–१ ले पराजित हुँदा वेल्सले आयरल्यान्डलाई १–० गोल अन्तरले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ