arrow

कोरोना भाइरसः बेलायती प्रधानमन्त्री जोन्सन फेरि आइसोलेसनमा

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
boris-johnson1.JPG

काठमाडौं । एक पटक कोरोना भाइरस संक्रमित भएर निको भइसकेका बेलायती प्रधानमन्त्री फेरि आइसोलेसनमा बसेका छन् । उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले सेल्फ आइसोलेसनमा बसेका हुन् । 

गत बिहीबार ३५ मिनेट सामूहिक बैठकमा बसेका उनीसँगै सहभागीलाई कोरोना भएसँगै उनी आइसोलेसनमा बसेका हुन् । सहभागी लि एन्डरसनलाई पछि परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि जोनसन पनि आइसोलेसनमा बसेका हुन् । 

बेलायती संचारमाध्यमका अनुसार प्रधानमन्त्री जोन्सनलाई कुनै कोभिडको लक्षण भने छैन । उनी डाउनिङ स्ट्रिटमै रहेर काम गरिरहेको उनका प्रवक्ताले बताएका छन् । 

जोनसनलाई गत मार्चमा कोरोना लागेको थियो । गम्भीर भएर उनी बाँचेका थिए । तीन दिन आइसीयूमा राखेर निरन्तर रगत चढाउनु परेको थियो । उनी अन्तिम अवस्थामा रहेको पाइएपछि अन्तिम तयारी समेत गरिएको थियो । 

अहिले फेरि उनलाई समस्या हुन सक्ने देखिएको छ । बेलायतमा गत महिना एक पटक संक्रमित भइसकेका पाँच जनालाई पुनः कोभिड भएकाले गर्दा पनि प्रधानमन्त्री जोन्सन सचेत हुनुपर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ